२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखाको शल्यक्रिया अब गाउँमै



अ+ अ-

टक्सार । आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका लागि वरदान सावित हुने गरेको छ ।

भोजपुरको दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालङखामा नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रले दुई दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन ग¥यो । सो शिविरमा ४२ जनाले आँखाको शल्यक्रिया गराए । उनीहरुले वर्षोंदेखिको समस्या गाउँमै समाधान भएकामा खुसीसमेत व्यक्त गरे । चौरासी वर्षीया पवित्रा विष्टले आँँखामा देखिएको समस्या समाधानका लागि शल्यक्रिया गराउनुभयो ।

गाउँमै उपचार पाएपछि उहाँले भन्नुभयो, “धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन, तर अहिले गाउँमै उपचार पाएर स्पष्ट आँखा देख्ने भएको छु ।” उहाँ मात्र होइन सोही शिविरमा स्थानीय ८६ वर्षका रामबहादुर विकले पनि शल्यक्र्रिया गराउनुभयो । उहाँ पनि वृद्ध उमेरमा आँखा स्पष्ट देख्न पाएकामा खुसी हुनुहुन्छ ।

ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधासमेत नहँुदा वषांैदेखि सास्ती खेप्न बाध्य छन् । आँखामा समस्या आए पनि कतिपयले त अन्यत्र अस्पतालमा जान झण्झट र आर्थिक समस्याले रोगसँग लडिरहने गरेको नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङले बताउनुभयो ।

आमचोकका ८२ वर्षीय गोरमान राई आँखामा समस्या हुँदाहुँदै पनि अस्पताल आउनजान र आर्थिक अभावले समस्यासँग जुँधिरहनुभएको थियो तर शिविर नै गाउँमा आएपछि स्पष्ट आँखा देख्ने हुनुभएको छ ।

गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, बालबालिकालाई ठूलो राहत मिलेको छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुन्छ, उनीहरुलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, सङ्घका संस्थापक जिल्ला सभापति तेज मोक्तानले भन्नुभयो ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकासँग समन्वय गरी आँखा शिविर सञ्चालन हँुदै आएको मोक्तानले जानकारी दिनुभयो । दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालखामा सञ्चालन भएको दुईदिने आँखा शिविरमा चार सयले उपचार पाएका छन् ।

दातृ संस्था सिविएमको सहयोग तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डा सुमित मिश्र लगायतको टोलीले शल्यक्र्रिया गरेको थियो । शिविर हतुवागढी गाउँपालिकाको केन्द्र घोरेटारमा पनि आजदेखि सुरु भएको छ ।