५ पुष २०८२, शनिबार
,
Latest
महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा सदस्यता विवाद मिलाउन १० नेताको आग्रह



अ+ अ-

काठमाडौँ । कांग्रेसका दस नेताले पार्टीको क्रियाशील सदस्यताको विवादलाई लिएर केन्द्रीय कार्यालय सानेपामा जारी धर्ना र अनशन अन्त्य गराउन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले पार्टीभित्र न्यायका लागि धर्ना दिनुपर्ने र अनशन बस्नुपर्ने अवस्था दुर्भाग्य भएको उल्लेख गर्दै नेतृत्वले यसको समाधान तत्काल खोज्नुपर्ने बताएका छन् ।

प्रदेश २ अन्तर्गत बारा, धनुषा र सर्लाहीका कांग्रेस कार्यकर्ताले पार्टीको संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरण गर्दा अनियमितता भएको भन्दै धर्ना र अनशन जारी राखेका छन् । संस्थापनइतर पक्षमा रहेका नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सदस्यता विवाद तत्काल समाधान गरी महाधिवेशन सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

‘प्रारम्भिक मतदाता रहेका क्रियाशील सदस्यताहरूको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग उपलब्ध समयसमेत साँघुरिँदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुन्न ।’

पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय कार्यसमितिको निर्णयविपरीतका क्रियाशील सदस्यतालाई मान्यता दिन नहुने उनीहरूको जोड छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताको समायोजनका नाममा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरिएको अनशनरत कार्यकर्ताको भनाइ छ । ‘प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ता पार्टीको क्रियाशील सदस्यतालाई आफ्नो ठूलो राजनीतिक पुँजी ठान्छन्,’ दस नेताको विज्ञप्तिमा उल्लेख छ, ‘कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नुपर्छ ।’

विधि र प्रक्रिया नाघेर जथाभावी सदस्यता वितरण गरिँदा पार्टी बलियो नबन्ने उनीहरूको ठहर छ । कांग्रेस नेता शेखर कोइरालाले सदस्यता वितरणमा अनियमितता भएको उल्लेख गर्दै स्थानीय कार्यकर्ताले सुरु गरेको अनशन र धर्नामा ऐक्यबद्धता जनाएका छन् । उनले पार्टी कब्जा गर्ने नियतबाट सदस्यता वितरण गरिएको बताए ।

‘यस्तो अनियमिततालाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन,’ उनले भने, ‘क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको यस प्रकारको लडाइँमा म पनि सँगै रहनेछु ।’ उनले अनियमिततालाई जसरी पनि रोकेरै छाड्ने बताए । कान्तिपुर दैनिक