२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन



अ+ अ-

काठमाडौं । वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षका उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका थिए । 

बुधबार बिहान ४ बजे उनको मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो । नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनमा केही दिनदेखि मुटुको समस्या थियो ।

उनको परिवारमा दुई छोरीहरू छन् ।