• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आहा ! रारा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा



पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत संकटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको जितमा स्टेफेन बिनोङ, मेसुकी र सुरजज्यु ठकुरीले एक–एक गोल गरे । आर्मीका लागि एक मात्र गोल नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गरे । अब संकटाले सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफको सामना गर्नेछ ।

जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।