२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक आलु खेतीमा आकर्षित किसान



अ+ अ-

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसान सामूहिक आलुखेतीमा आकिर्षत भएका छन् ।समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् ।

एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरुपमा आलुखेती गर्दै आइरहेको समूहका अध्यक्ष बलराम पोख्रेलले बताउनुभयो । सामूहिकरुपमा कृषिमा केही गर्ने उद्देश्यले आलुखेतीमा लागेका उनीहरु बजारीकरण र जिल्लामा उपयुक्त कोल्डस्टोर नहुँदा आफूहरुले लगाएको आलु बिग्रने चिन्तामा छन् ।

“आलु स्थानीय बजारले खपत नगर्दा घाटामा जान्छ कि भन्ने चिन्ता छ”अध्यक्ष पोख्रेलले भन्नुभयो “सबै मिलेर धेरै मेहनत गरेका छौँ बजारीकरण सोचेअनुरुप भए अर्को वर्ष डेढ बिघामा आलु खेती गर्नेछौँ ।”

सामूहिकरुपमा आलु खेती गर्नुभएका अर्का किसान जगनाथ पोख्रेलले यसपाली आलु खेतीबाट राम्रो आम्दानी हुने आशा गर्नुभएको छ । विगत वर्षमा सामूहिकरुपमा प्याज र गोलभेँडा खेती गर्दै आएका पशुपति किसान समूहका किसान अर्को वर्ष सामूहिक मकै खेती गर्ने सोचमा छन् ।
महिला खेतबारीमा बढी व्यस्त हुने गर्छन् । अहिले सामूहिकरुपमा लागेपछि समयको बचतका साथै धेरै कुराको जानकारी हुने अर्की किसान देउरुपा चापागाईं बताउनुहुन्छ । सामूहिकरुपमा खेती गर्दा कृषि व्यवसायमा राम्रो सम्भावना रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने उक्त समूहको लक्ष्य छ ।

जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर जमिनमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछाने बताउनुहुन्छ ।

“गत वर्ष तीन हजार एक सय १५ हेक्टरमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा थप विस्तार गरिएको छ” उहाँ भन्नुहुन्छ,“गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो ।” जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेकोे छ ।




भर्खरै