२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकर रबीनाको बक्सिङ मोह (भिडियो सहित)



अ+ अ-

काठमाडौं । मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रबीना देशराज श्रेष्ठ आजभोली बक्सिङको प्रशिक्षण लिँदै छन् । उनले बक्सिङको प्रशिक्षण गर्दै गरेको भिडियो सामाजिक संञ्जालबाट सार्वजनिक गरेकी हुन् ।

सो भिडियो बाहिरिए पश्चात सबैको प्रतिक्रिया सकारात्मक आएको छ । साथै उनीबाट सधै जस्तै धेरै जनाले प्रेरणा लिएको छ । उनले फेसबुमा केही तस्बीर पनि शेयर गर्दै लेखेकी छन्, तपाईले सोचे भन्दा तपाई धेरै शक्तिशाली हुनुहुन्छ, कुनै चीजको लागि कहिले ढिलो हुँदैन । प्रशिक्षणको समय लगभग मैले बेहोश भएर तारा पनि देखे तर मलाई यो मन पर्छ ।

उनले यो वाक्यमा आफुले मन पराएको कुरा गर्न कहिले ढिलो नहुने अर्थात् कुनै समय र उमेरले नरोक्ने प्रष्ट्याएकी छन् । उनी बेहोश भएर तारा देखेर पनि आफ्नो प्रयासलाई निरन्तर दिइरहेकी छन् । 

उनी एक्लो अभिभावक भएर दुई सन्तानलाई हुर्काएर सक्षम बनाइन् । उनी प्रतिष्ठित बैंकमा उच्च पद समाल्दै आएकी छन् । बैंकर रबीनाले आफ्नो पेसाबाट धेरै महिलालाई प्रेरणा दिएकी छन् ।