२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईमाथि यसरी खनिए कमल थापा



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालमा सेलिब्रेटीदेखि लिएर नेतासम्म एकअर्काविरुद्ध व्यंग्य गर्नु, खरो रुपमा उत्रिनु कुनै नौलो कुरा होइन । आजभोलिको ट्रेन्ड नै यस्तो छ एकअर्कामाथि सामाजिक सञ्जालमा चर्को आलोचना गर्नु होस् या व्यंग्य गर्नु । 

अहिले संघिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईमाथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आक्रामक रुपमा सामाजिक सञ्जालमै उत्रिएका छन् । 

प्रसंग रहेको छ, 
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा गाइको दुध बगाएको तस्बिरलाई साझा गर्दै बाबुराम भट्टराईले भारतमा मेरा सहपाठीहरुको प्रचारित भनेर ट्वीटरमा पोस्ट गरेका छन् । यसमा राप्रपा अध्यक्ष कमल थापाको नजर पुग्यो । हिन्दु राष्ट्र कायम गर्नुपर्ने आफ्नो पार्टीको एजेन्डा नै रहेको र कुनै समय चुनाव चिन्ह नै गाई भएको राप्रपा अध्यक्ष कमल थापा एक्कासी बाबुराममाथि खनिए । 

 

उनले ट्वीटरमा आक्रोश पोख्दै बाबुरामलाई प्रश्न गरे, योगीले खोलामा दूध बगाउँदा तपाईको टाउको दुख्छ तर तपाई आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई बगाएको चाहीँ बिर्सनुभयो ?

त्यतिमात्र नभई थापाले बाबुरामलाई अंग्रेजीमै आगोसँग खेल्ने प्रयास नगर्नुहोला भन्दै विश्वासलाई धर्मसँग नदाँज्न समेत भने ।