२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने घोषणा



अ+ अ-

काठमाडौं । सन् २०३२ को ओलम्पिक गेम्स अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ।

योसँगै अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने पक्का भएको हो।

यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ‌ओलम्पिक आयोजना भएको थियो । 

बुधबार जापानको राजधानी टोकियोमा  सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो।

त्यसअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ। 

कोरोना भाइरसका कारण सन् २०२० को टोकियो ओलम्पिक एक वर्ष पछि धकेलिएर पर्सी बिहीबारदेखि सुरु हुँदैछ।