२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पिकअप दुर्घटना, एकको मृत्यु, ९ जना घाइते



अ+ अ-

हेटौँडा । मकवानपुरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दुर्घटनामा बारा विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षका राहुलकुमार पण्डितको मृत्यु भएको छ । पण्डितको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा विश्रामपुर गाउँपालिका कै अजय चौरसिया,भारत झारखण्ड बस्ने वर्ष ३६ को विजय दास, वीरगन्ज महानगरपालिका १७ बस्ने वर्ष १८ को सुमित गुप्ता, सोही स्थानका वर्ष २६ का दिनानाथ प्रसाद, बारा बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ मुसरहवा बस्ने शिवजी साह, धिरज चौरसियापप्पु कुमार गुप्ता र उमेश कुस्वाह घाइते भएका छन् । उनीहरूको हेटौँडाको विभिन्न स्थानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।