२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०ः बर्ल र गौतमको उत्कृष्ट साझेदारीमा जनकपुरलाई १८१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई १८१ रनको लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको हो ।

काठमाडौंका लागि सुनाम गौतमले ४७ बलमा ६२ रनको अर्धशतकिय ईनिङ खेले । यस्तै रायन बर्लले पनि ४० बलमा ४ चौका र ३ छक्कासहित ६१ रनको अर्धशतकीय ईनिङ खेले । एलेक्स ब्लेक भने २० रनमा आउट भए ।

यस्तै , अजमतुल्लाह उमजाईले १० रन जोडे भने लोकेश बम ७ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल भने यस लिगमा तेस्रो पटक डगआउट भए ।

जनकपुरको तर्फबाट जितेन्द्र मुखियाले २ विकेट लिए । शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले भने समान १/१ विकेट लिए ।

जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने काठमाडौं चार खेलमा २ खेल जितेर ४ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ।

जारी प्रतियोगिताको पहिलो भेटमा काठमाडौंले जनकपुरलाई ५३ रनले हराएको थियो । आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्स र लुम्बिनी अलस्टार्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।