२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुलीको पोल घर छेउमै लडेपछि कसरी सुत्नु ? तस्बीरमा हेनुहोस्



अ+ अ-

विराटनगर । विराटनगर स्थित खार्जी कोहवारा नहर छेउमा गाडेको बिजुलिको पोल ढलेपछि स्थानीयवासी चिन्तित भएको छन् । करिब एक महिना अगाडी सिचाईबाट आएर नहर सफा गर्ने क्रममा नहरको माटो हटाएपछि एकपछि अर्को गर्दै सबै पोल खसेको हो । 

मनसुन महिनाको अविरल वर्षाले माटो बगाएपछि बिजुलीको पोल खसेको हो । तर हालसम्म पनि सम्बन्धित निकायको नगर भने पुगेको छैन । यस्तो डल लाग्दो अवस्थामा स्थानीयवासी भन्छन्,  रातभरी आरामले सुत्न मिल्दैन । उनीहरु भन्छन्, "कति बेला बिजुलीको पोल खसेरघरको छाना फुटाउँदै किचेर मार्ने डर भइरहन्छ ।"

नहरको छेउछाउमा बाक्लै वस्ती रहेका छन् । त्यहाँको जनता चिन्ताले चितामा पुग्ने स्थिति भइसकेको बताउछन् ।