२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले गठबन्धनका राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ । 

माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरु मार्फत् अगाडी बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरु तय गर्न आह्वान गरेको हो । बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्न्नुभयो – ‘हामीमा हिजो जुन प्रवृत्तिका विरुद्ध संघर्ष ग¥यौँ, त्यो कुनैपनि ढंगबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ । त्यसको निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरु मार्फत अगाडी बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आव्हान गरेको छ । र त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको छ ।’

माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक श्रावण २० गते र स्थायी कमिटीको बैठक श्रावण १७ गते निर्णय पनि गरेको छ । त्यसैगरी श्रावण ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडाँ र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।