३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

पोखरामा सडक महोत्सवः ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

पोखरामा सडक महोत्सवः ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’
अ+ अ-

पवित्र शान्त पोखरा सधैँभरि हरा भरा
अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।
अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति
अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।।

कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै साँच्चिकै प्रकृतिको बरदान हो पोखरा । प्राकृतिक सौन्दर्यताका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य पोखरा यतिखेर पर्यटकका कारण खचाखच भरिएको छ ।

देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटलहरू क्षमताको झन्डै ७० प्रतिशतभन्दा बढी भरिभराउ छन् । प्रायः सबै याममा पर्यटकहरूको आगमन हुने पोखरामा अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, दसँै तथा तिहारको समयमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गर्दछन् ।

पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षका कारण अहिले पोखरामा पर्यटकको राम्रै चहलपहल रहेको बताउँदै उहाँले राम्रा होटेलहरूमा क्षमताको झन्डै ८० देखि ८५ प्रतिशतसम्म भरिभराउ रहेको जानकारी दिनुभयो ।

“क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहपहल बढिरहेको छ”, उहाँले भन्नुभयो, “अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले सञ्चालन गरेको सडक महोत्सवका कारण ठाउँठाउँबाट पर्यटकहरू पोखरामा आएका छन् ।”

पोखराका सामान्य होटेलमा पनि क्षमताको ५० प्रतिशतभन्दा बढी पर्यटकहरू भरिएको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा कोरोनाबाट प्रभावित भएको पोखराको पर्यटन पछिल्ला समयमा पर्यटकको आगमनले आशा जगाएको पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवम् होटेल इलेगेन्टका सञ्चालक बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

प्रत्येक अङ्ग्रेजी नयाँ वर्षमा क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढ्ने र डिसेम्बर ३०, ३१ र जनवरी १ का दिनमा यहाँका होटेलहरू भरिभराउ हुने गरेको उहाँका व्यवसायीको अनुभव छ ।

पछिल्ला वर्षमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू पोखरा भित्रने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एन्ड बार एसोसिएसन (रेवान) द्वारा गर्दै आएको सडक महोत्सव पोखराको राम्रै आकर्षण बन्ने गरेको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म हुने महोत्सव यहाँको विशिष्ट पहिचान बन्ने गरेको छ ।

महोत्सवका अवसरमा सडकमै खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिने र त्यहाँ पर्यटकहरूले राम्रैसँग मनोरञ्जन लिने गरेका छन् । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २४ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ ।

सन् २०२३ को जनवरी १ देखि (भोलिदेखि)पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै गर्दा यसको पूर्वसन्ध्यामा अङ्ग्रेजी नयाँ वर्षको आगमनलाई लक्षित गरी देखिएको पर्यटकको आकर्षणले पोखराको पर्यटनमा उत्साह थपेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुुन्छ । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु यहाँको पर्यटकीय विकासका लागि ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो, “विमानस्थलले आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने् र यहाँबाट हुने हवाई यातायात सेवा सहज एवम् प्रभावकारी बन्ने देखिन्छ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुभारम्भको भव्य तयारी
यस्तै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भोलि हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको औपचारिक शुभारम्भका लागि पोखरामा भव्य तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष समारोहबीच विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने जनाइएको छ । उद्घाटनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसम्बद्ध सङ्घसंस्था क्रियाशील बनेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घाटनका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ ।

त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । विमानस्थल उद्घाटनकै तयारीस्वरुप पुस १३ गते लेक साइडदेखि पृथ्वी राजमार्गको लामेआहालसम्म बृहत् सरसफाइ गरिएको थियो ।

अङ्ग्रेजी नयाँ वर्षले पोखराको चहलपहल बढिरहेका अवस्थामा हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा शुभारम्भलाई अत्यन्त महत्वका साथ हेरिएको पर्यटन व्यवसायी एवम् टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो ।

“पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय सहर बनाउन विमानस्थल कोसेढुङ्गा साबित हुनेछ”, उहाँले भन्नुभयो, “विमानस्थलसँगै प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा जोडिने सडक लगायतका पूर्वाधार निर्माणतर्फ राज्य गम्भीर बन्नु आवश्यक छ ।” वासुदेव पौडेल/रासस