२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहजिल्ला चितवनमा प्रधानमन्त्री दाहाल – फोटोफिचर



अ+ अ-

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । प्रधानमन्त्री दाहालले नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्नुभएको छ ।

विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन सुरु गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन आउनुभएको हो ।