२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलमा झेलैझेल



अ+ अ-

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन । सरकारले पछिल्लो पटक निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै पूरा भएको जनाए पनि तयारी अभावका कारण अझै रेल सञ्चालन टुंगो लाग्न सकेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ ।

अब भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्तपछि मात्रै रेल्वे ट्रयाक र पूर्वाधार हस्तान्तरण प्रक्रिया अघि बढ्ने देखिएको छ । सरकारले आइतबारमात्रै रेल खरीद गरेको १० महिनापछि जनकपुर–जनयनगर रेलवे सेवा ‘ट्रयाकस्पिड’ परीक्षण गरेको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर जयनगर रेल्वे सेवा सञ्चालनका लागि आइतबार रेल्वे ‘ट्रयाकस्पिड’ र प्राविधिक परीक्षण गरिएको जानकारी दिए । भारत पूर्वी केन्द्रीय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटर गतिमा जयनगर रेलवे स्टेसिनबाट जनकपुर आएको र जनकपुरबाट प्रतिघण्टा १ सय २० किलोमिटर गतिमा जयनगर फर्किएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि गत २ असोजमा रेल ल्याइएको थियो ।

सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले गत असोजमा भारतबाट दुई रेल खरीद गरी ल्याएको हो । ३४ किलोमिटर जनकपुर–जयनगर रेलमार्ग ब्रोड गेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन घोषणा सरकारले गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।