२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी दुर्घटनामा परेको थियो ऋषभ पन्त सवार कार



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त ठूलो दुर्घटनाबाट बाँचेका छन् ।

‘पन्तको मर्सिडिजले १५० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको कारलाई ओभरटेक गर्यो । त्यसपछि अगाडि एउटा खाडल आयो । जसका कारण उनको कार ५ फिट माथि उक्लिएर पहिले बससँग ठोक्किएपछि डिभाइडरमा ठोक्किँदा कारमा आगो लाग्यो ।’ दुर्घटनाको समयमा घटनास्थलमा रहेका डा रविन्द्र सिंह र गंगा डेरीमा काम गर्ने आर्यन बताउँछन् ।

घटनास्थल नजिकै दूध डेरी छ । आर्यन पहिले घटनास्थल पुगेका कर्मचारी हुन् । उनले एम्बुलेन्स बोलाएर पन्तलाई अस्पताल लैजान मद्दत गरे ।

गंगा डेरीमा काम गर्ने आर्यनले बिहानको ५ः३० बज्दै गरेको बताउँछन् । ‘म गेटमा थिएँ जब मैले ठूलो विस्फोटको आवाज सुनें । बाहिर निस्कँदा गाडी जलिरहेको देखेँ । दौडँदै उनीसम्म पुगेपछि ऋषभ पन्त कारबाट बाहिर निस्केर सुतेको देखे । उनी निकै घाइते भए । पूरै शरीर जलेको थियो, लुगा च्यातिएको थियो । बाहिर केही सलजस्तो ओढेर बसेका थिए ।’

पन्त कारबाट करिब ५० मिटर टाढा सुतेको आर्यनले बताए । घाइते क्रिकेटरलाई देखेर उनले तुरुन्तै एम्बुलेन्स बोलाए । एम्बुलेन्स आयो र उनलाई अस्पताल लगियो । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।