२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी दुर्घटनामा परेको थियो ऋषभ पन्त सवार कार



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त ठूलो दुर्घटनाबाट बाँचेका छन् ।

‘पन्तको मर्सिडिजले १५० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको कारलाई ओभरटेक गर्यो । त्यसपछि अगाडि एउटा खाडल आयो । जसका कारण उनको कार ५ फिट माथि उक्लिएर पहिले बससँग ठोक्किएपछि डिभाइडरमा ठोक्किँदा कारमा आगो लाग्यो ।’ दुर्घटनाको समयमा घटनास्थलमा रहेका डा रविन्द्र सिंह र गंगा डेरीमा काम गर्ने आर्यन बताउँछन् ।

घटनास्थल नजिकै दूध डेरी छ । आर्यन पहिले घटनास्थल पुगेका कर्मचारी हुन् । उनले एम्बुलेन्स बोलाएर पन्तलाई अस्पताल लैजान मद्दत गरे ।

गंगा डेरीमा काम गर्ने आर्यनले बिहानको ५ः३० बज्दै गरेको बताउँछन् । ‘म गेटमा थिएँ जब मैले ठूलो विस्फोटको आवाज सुनें । बाहिर निस्कँदा गाडी जलिरहेको देखेँ । दौडँदै उनीसम्म पुगेपछि ऋषभ पन्त कारबाट बाहिर निस्केर सुतेको देखे । उनी निकै घाइते भए । पूरै शरीर जलेको थियो, लुगा च्यातिएको थियो । बाहिर केही सलजस्तो ओढेर बसेका थिए ।’

पन्त कारबाट करिब ५० मिटर टाढा सुतेको आर्यनले बताए । घाइते क्रिकेटरलाई देखेर उनले तुरुन्तै एम्बुलेन्स बोलाए । एम्बुलेन्स आयो र उनलाई अस्पताल लगियो । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।