६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणीको झुठा जाहेरी दिँएपछि…



अ+ अ-

काठमाडौं । त्यस दिन दिउँसो ४ बजेतिर प्रहरी कार्यालयमा फोन आयो। प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि जबरजस्ती भयो।’ प्रहरी तत्काल उनको घर पुग्यो। महिलाले आफूलाई जबरजस्तीको प्रयास गरेको आरोप लगाएका पुरुषलाई पक्राउ गर्‍यो। प्रहरीमा ती महिलाको जाहेरी पनि पर्‍यो। प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा हाल्यो। ती आरोपित पुरुषलाई अदालतले अनुसन्धानका लागि कारागार पनि पठायो। 

०७६ साल असार २४ गते त्यसरी पक्राउ परेर जेल गएका पुरुष भने त्यसै साल कात्तिकमा छुटे। यो साता भने ती महिलालाई पक्रेर प्रहरीले जेल पठाएको छ। भएको के थियो भने अदालतले ती महिलाले पुरुषविरुद्ध झुठा जाहेरी दिएको ठहर्‍याएको थियो। उनको जाहेरीको आधारमा जेल परेका ४९ वर्षे पुरुष अदालतको २०७६ साल कात्तिक ४ गतेको निर्णयपछि छुटेका थिए। महिला आफ्नै घरतिर थिइन्। गत महिना, असार २८ गते भने प्रहरीले उनलाई पक्रेको हो। 

कास्की अदालतका न्यायाधीश काजीबहादुर राईको इजालासले ती महिलालाई एक महिना कारागार सजायको फैसला सुनाएको थियो। फैसलापछि महिला फरार सूचीमा थिइन्। प्रहरीले फरार सूचीका प्रतिवादी खोज्ने क्रममा पक्रेर उनले भुक्तान गर्न बाँकी रहेको जेल सजायका लागि जेल पठाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवा हमाल बताउँछन्।  

सर्वोच्च अदालतबाट जारी विशेष प्रकृतिका मुद्दाहरूको कारबाही गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ अनुसार ती जाहेरवाला महिलाको वास्तविक नाम अदालतको फैसलामा उल्लेख छैन। परिवर्तित भनेर ‘पोखरा ११२’ नाम दिइएको छ। 

पोखरा ३२ खुदीखोला बस्ने ती महिलाले गरेको चरित्र हत्या, दोष लगाउने कार्य औचित्यपूर्ण नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ (क) बजोजिम कैद सजाय ठहर भएको थियो। २०७४ मा बनेर २०७५ सालदेखि लागू भएको फौजदारी संहिताले गम्भीर प्रकृतिका कतिपय विषयमा झुठा मुद्दा लगाए मुद्दा लगाउनेलाई नै सजाय हुने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार महिलालाई १ महिना कारागार सजाय भएको हो। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।