२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते



अ+ अ-

काठमाडौं । कार दुर्घटनामा परी भारतीय क्रिकेट टिमका विकेटकिपर/ ब्याट्सम्यान ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।

पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो ।

२५ वर्षीय क्रिकेटर पन्त दिल्लीबाट आफ्नो गृहनगर उत्तराखण्डतर्फ जाँदै थिए । उनको कार डिभाइडरमा ठोक्किएर आगो लागेको बताइएको छ । दुर्घटनामा उनको टाउको, ढाड र खुट्टामा चोट लागेको भारतीय सञ्चार माध्यमले  लेखेका छन् ।

 

दुर्घटनापछि ऋषभको कार

दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालबाट थप उपचारको लागि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।