२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते



अ+ अ-

काठमाडौं । कार दुर्घटनामा परी भारतीय क्रिकेट टिमका विकेटकिपर/ ब्याट्सम्यान ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।

पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो ।

२५ वर्षीय क्रिकेटर पन्त दिल्लीबाट आफ्नो गृहनगर उत्तराखण्डतर्फ जाँदै थिए । उनको कार डिभाइडरमा ठोक्किएर आगो लागेको बताइएको छ । दुर्घटनामा उनको टाउको, ढाड र खुट्टामा चोट लागेको भारतीय सञ्चार माध्यमले  लेखेका छन् ।

 

दुर्घटनापछि ऋषभको कार

दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालबाट थप उपचारको लागि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।