२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका २२ सांसदले स्पष्टीकरण बुझाउँदै



अ+ अ-

काठमाडौँ । पार्टी निर्देशनको अबज्ञा गरेको भन्दै स्पष्टीकरण सोधिएका नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । एमालेको जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । २२ सासदहरुले एकै ब्यहोराको पत्र संसदीयदलको कार्यलयमा आजै बुझाउने भएका छन् ।

स्पष्टीकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख नगरी पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको बिषय समेटिएको छ । 

स्पष्टीकरण मागिएका सांसदमा नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार ९किसान० श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् ।