• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

आज स्पेनिस क्लब र काठमाडौं-११ भिड्दै



काठमाडौं । स्पेनको चौंथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीले आज बिहीबार काठमाडौं-११ सँग प्रतिस्पर्धा गर्दैछ ।

कासेरेन्यो र काठमाडौं-११ बीचको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

काठमाडौं-११ ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा खेल खेल्नेछ ।

कासेरेन्योले पहिलो मैत्रीपूर्ण खेल बुधबार पोखरा रंगशालामा गण्डकी-११ सँग खेलेको थियो । उक्त खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो ।