२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन थपिए २७ सय बढी संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ८ सय २९ परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ८८ संक्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।