२० असार २०८३, शनिबार
,
Latest
सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादरे जुलुस गरेर कोरोनाको रोपाइँ गरियो: सांसद बिडारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदुरको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताउनुभएको हो । 

उहाँले विगतका सरकारले किसान तथा मजदुरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो – ‘इन्साफे व्यवस्थाको निम्ति, विकासे व्यवस्थाको निम्ति, फलाउने किसान, बनाउने मजदुरहरुको हित र कल्याणको निम्ति, किसान र मजदुरको हित र कल्याण भयो भने करिव करिव ९० प्रतिशत जनताको हित हुन्छ । ति किसान, मजदुरलाई नेपालमा काम गर्न दिन नसकेर विदेश निर्यात गर्ने यस प्रकारको चलन अगाडीको सरकारले गरे । अब यो सरकारले त्यस प्रकारको कदमलाई सच्याएर इन्साफे, विकासे व्यवस्था गरौँ । यही शुभकामना छ । नत्र फेरि मुलुकले दुःख पाउँछ ।’

उहाँले विगतको सरकारले नेपाली नागरिकलाई रैति बनाएको पनि बताउनुभयो । नेपाली नागरिकलाई नागरिकता, लालपूर्जा र सिफारिसमा अड्काएको उहाँले बताउनुभयो । नागरिकलाई  विभिन्न सुविधा दिने भनेर झुक्याएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘विगतका जम्मै सरकारले रैति बनाउन खोज्यो । जनता बनाउन दिएन । कहिले लालपूर्जा अड्काईदिन्छ । कहिले नागरिकता अड्काईदिन्छ । कहिले सिफारिस अड्काईदिन्छ । कहिले सुविधा दिन्छु भनेर नदिएर अड्काईदिन्छ । कहिले अधिकार खोसेर जनतालाई आफ्नो वशमा राखिरहन्छ । नियन्त्रणमा राखिराख्छ ।’

आजसम्मका सरकारले भूमिहिनलाई नागरिकता नदिएर सुकुम्बासी खेती गरिरहेको पनि बिडारीले बताउनुभयो । भूमि सम्बन्धि समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड छ । प्रतिनिधि सभा पुनस्र्थापनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला संसारको लागि नमुना लायक भएको भन्दै यस नजिरलाई विश्वले नमूना बनाउने उहाँले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको अदालतको व्याख्या संसारलाई नमूना लायक छ । हामी अमेरिकाको संविधान, बेलायतको संविधान, भारत, पाकिस्तानको संविधानको नजिरहरु यहाँ पढ्दै थियौँ । अब बेलायतले नेपालको नजिर पढ्दैछ । अब संसदीय प्रणालीमा यो नजिरहरुको व्याख्या हुन्छ । र त्यसलाई साभार गरिन्छ । विश्वका अरु देशले यसलाई नमूना बनाउँदछन् ।’ प्रतिपक्षी दल नेकपा एमालेले बाँदरे जुलुस निकालेको टिप्पणी गर्दै उहाँले जुलुस गरेर कोरोनाको रोपाइँ गरिएको बताउनुभयो ।