२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस क्लब कासेरेन्योले गण्डकी-११ लाई हरायो



अ+ अ-

काठमाडौं । पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले नेपालको गण्डकी-११ लाई पराजित गरेको छ । बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले हराएको हो ।

कासेरेन्योको जितमा कार्मेलो मोराले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । यस्तै, खेलको ३० औं मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३-० ले विजयी गराए ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो । कासेरेन्योले बिहीबार दशरथ रंगशालामा काठमाडौं-११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।