२० असार २०८३, शनिबार
,
Latest
सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका स्वास्थ्यकर्मीहरुको तलब बृद्धि



अ+ अ-

लण्डन । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा बृद्धि  गरिएको सरकारले बुधबार घोषणा गरेको छ ।

पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा बृद्धि गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत बृद्धि गर्न सिफारिस गरेपछि सरकारले बृद्धि गरिदिएको हो ।  
 
“स्वास्थ्यकर्मीहरुको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगात पनि पर्ने छन्, उनीहरुले पनि तलव बृद्धिको सुविधा पाउने भएका छन,” सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ । बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदी निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस०को व्यवस्था गरिएको छ । 

कोरोनाभाइरसको महामारी विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरुको सेवा सुविधा बृद्धि आवश्यक भएको एनएचएसले निश्कर्ष निकालेको हो । (रासस-एएनआई)