२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको आधिकारीता कसलाई, निर्वाचन आयोगले के भन्यो ?



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले जनाता समावादी दल (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । बिहिबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवद बढ्दै गएपछि पार्टीको आधिकारिकता दावी गर्दै यादव निर्वाचन आयोगमा निवेदन दिदा आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।

छलपलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रुपमा आधिकारिकता विवाद समाधान गर्न लागेको हो । जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । जसमा उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दावी गरेको छ ।