२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईको कसले जलायो पुत्ला



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ । विश्व  हिन्दू परिषदअध्यक्ष डा. भट्टराईको पुत्ला दहन गरेका हुन् । 

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा.भट्टराई विरुद्ध नाराबाजी गरेका हुन् । 

बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ ।