२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन भंग भएकाबारे समीक्षा गर्न बालुवाटारमा कांग्रेस इतर समूहको बैठक



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा संस्थापन इतर समूहको बैठक बसिरहेको छ ।

पाँच दलीय गठबन्धन भंग भएर सत्ता समीकरण परिवर्तन भएसँगै अहिले संस्थापन र इतर पक्षबीच एकआपसमा आरोपप्रत्यारोप चलिरहेको छ । यही पुस २२ गते बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने एजेण्डबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।

इतर समूहको बैठकमा उपसभापति धनराज गुरुङ, डा शेखर कोइराला, महामन्त्री गगन थापा, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायतका नेता सहभागी हुनुहुन्छ ।

पाँच दलीय गठबन्धन भंग भएसँगै नेपाली कांग्रेस संघदेखि प्रदेशसम्म सरकार बाहिर पुगेको छ । केन्द्रीय समितिको बैठकमा इतर समूहले सभापति शेरबहादुर देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको बताइएको छ ।