२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन भंग भएकाबारे समीक्षा गर्न बालुवाटारमा कांग्रेस इतर समूहको बैठक



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा संस्थापन इतर समूहको बैठक बसिरहेको छ ।

पाँच दलीय गठबन्धन भंग भएर सत्ता समीकरण परिवर्तन भएसँगै अहिले संस्थापन र इतर पक्षबीच एकआपसमा आरोपप्रत्यारोप चलिरहेको छ । यही पुस २२ गते बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने एजेण्डबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।

इतर समूहको बैठकमा उपसभापति धनराज गुरुङ, डा शेखर कोइराला, महामन्त्री गगन थापा, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायतका नेता सहभागी हुनुहुन्छ ।

पाँच दलीय गठबन्धन भंग भएसँगै नेपाली कांग्रेस संघदेखि प्रदेशसम्म सरकार बाहिर पुगेको छ । केन्द्रीय समितिको बैठकमा इतर समूहले सभापति शेरबहादुर देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको बताइएको छ ।