२० असार २०८३, शनिबार
,
Latest
सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र नेपालबीच कहिले हुन्छ भेटवार्ता, के भन्छ सचिवालय ?



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबिच भेटवार्ता ननिश्चित भएको छ । वरिष्ठ नेता नेपालको सचिवालयले अध्यक्ष ओलीसँग भेट्ने समय तय नभएको स्पष्ट पारेको हो । 

एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको जिम्मा अध्यक्ष ओलीलाई दिएपछि शीर्ष नेताहरूबीच भेट हुन लागेको चर्चा चलेका नेपालका स्वकीय सचिव मोहन गौतमले नेपाल र ओलीबीच भेट नभएको र भेट्ने समयसमेत तय नभएको स्पष्ट पारेका छन् । 

ओलीले बिहिबार आयोजित एक कार्यक्रममा नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका थिए । आजै बसेको केन्द्रीय कमिटी बैठकमा पनि ओलीले एकताका लागि हरप्रयास कोसिस गर्ने बताएका थिए । 

विघटित कार्यदलका सदस्यहरू एकताको प्रयासमा निरन्तर लागिरहेका छन् । तर, ओली र नेपालबीच दूरी घट्न सकेको छैन ।