२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र नेपालबीच कहिले हुन्छ भेटवार्ता, के भन्छ सचिवालय ?



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबिच भेटवार्ता ननिश्चित भएको छ । वरिष्ठ नेता नेपालको सचिवालयले अध्यक्ष ओलीसँग भेट्ने समय तय नभएको स्पष्ट पारेको हो । 

एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको जिम्मा अध्यक्ष ओलीलाई दिएपछि शीर्ष नेताहरूबीच भेट हुन लागेको चर्चा चलेका नेपालका स्वकीय सचिव मोहन गौतमले नेपाल र ओलीबीच भेट नभएको र भेट्ने समयसमेत तय नभएको स्पष्ट पारेका छन् । 

ओलीले बिहिबार आयोजित एक कार्यक्रममा नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका थिए । आजै बसेको केन्द्रीय कमिटी बैठकमा पनि ओलीले एकताका लागि हरप्रयास कोसिस गर्ने बताएका थिए । 

विघटित कार्यदलका सदस्यहरू एकताको प्रयासमा निरन्तर लागिरहेका छन् । तर, ओली र नेपालबीच दूरी घट्न सकेको छैन ।