• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता



मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँहरुले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौँडामा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ हुनुहुन्छ ।

यस्तै लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले हुनुहुन्छ भने समर्थनमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार हुनुहुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ । दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।