• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

जनकपुरमा रेल चढ्ने क्रममा किचिएर एक युवकको मृत्यु



(सांकेतिक तस्बिर)

जनकपुरधाम । जनकपुर-जयनगर रेल चढ्ने क्रममा सोहि रेलले किचिएर एक यात्रुको मृत्यु भएको छ ।

विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदायको मृत्यु भएको हो ।

रेल चढ्न खोज्दा लिकमा खसेका पुरनको हात काटिनुको साथै टाउकोमा समेत चोट लागेको धनुषा प्रहरीले जनाएको छ ।

गुडिरहेको रेलमा चढ्न खोज्दा उनको मृत्यु भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धन्क निरञ्जन झाले बताए ।