५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः एट्लेटिको र रियल मड्रिडको सहज जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई उसकै मैदानमा ३-० गोलले पराजित गरेको हो । 

एट्लेटिकोलाई जित दिलाउन खेलको तेस्रो मिनेटमा जोआओ फेलिक्स, ५९ औं मिनेटमा लुइस स्वारेज र ८९ औं मिनेटमा एंगेल कोरीयाले गोल गरे । जितसँगै २५ खेलबाट ४२ अंक जोडेको एट्लेटिको तालिकाको चौंथो स्थानमा छ भने ओसासुना २५ खेलबाट ३२ अंकसहित नवौं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा रियल मड्रिडले अलाभेसलाई ३-० गोलले पराजित गर्यो । घरेलु मैदानमा रियललाई जित दिलाउन मार्को एसेन्सीओ, भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरे । 

जितसँगै २५ खेलबाट ५७ अंकसहित रियल तालिकाको शीर्ष स्थानमा यथावत छ भने अलाभेस २५ खेलबाट २० अंकसहित १९ औं स्थानमा छ ।