९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपामा कार्यकारिणी समितिका ५१ जनाको ‘हेड काउन्ट’ हुँदै, यादव पक्ष बलियो



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ ।

आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको हो ।

सोही दिन नै आयोगले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ भने त्यसपछि विवादको छिनोफानो गर्नेछ ।

इजलासका प्रमुखसमेत रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको बिहीबारको इजलासले जसपा नेपाल नामक दल २४ असार २०७७ मा दर्ता भएको र दर्ता भएका बखत सनाखतमा उपस्थित पदाधिकारी तथा सदस्यलाई नै विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ६ अनुसार नागरिकता वा मतदाता पत्रको सक्कलसहित आयोगमा उपस्थित हुन आदेश दिएको हो ।

‘निवेदक पक्ष र विपक्षी दुवैलाई ११ गते केन्द्रीय कार्यकारिणी समितिमा रहेका पदाधिकारी र सदस्यसहित पक्षविपक्षमा खुलेर आउनू भनेका छौं । सोही दिन नै नागरिकता वा मतदाता परिचयपत्रसहित हेडकाउन्ट हुन्छ, त्यही दिन विवादको छिनोफानो हुन्छ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।

१२ असार २०७७ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल दर्ता गर्ने सन्दर्भमा प्रस्तावित केन्द्रीय पदाधिकारी र सदस्यहरूको सनाखत भई जसपा बनेको थियो ।

‘अहिलेसम्म दुवै पक्षबाट प्राप्त कागजातको अध्ययन भयो, कागजात हेर्दा यादव पक्ष बलियो हो कि भन्ने देखिन्छ, बाँकी टुंगो सनाखतबाटै हुने हो, कानुनी विधि र प्रक्रिया पनि त्यही हो,’ आयोग स्रोत भन्छ ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।

छलपलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रूपमा आधिकारिकता विवाद समाधान गर्न प्रक्रिया अघि बढाएको थियो । आयोगमा जसपाको केन्द्रीय समितिका रूपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । त्यसमध्ये ३३ जना यादव पक्षमा रहेको दाबी छ । यो समाचार राजधानी दैनिकमा छ ।

कसको पक्षमा को ?

उपेन्द्र यादव पक्ष
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा. बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो. लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहायप्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो. इस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रशान्त सिंह
२९ भक्तबहादुर शाह
३० सुशीला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव ३३ गजाधर रोहिता यादव

महन्थ ठाकुर पक्ष
१ं महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरतसिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ मनीषकुमार सुमन
१२ राजकुमार लेखी
१३ केशवकुमार झा
१४ अकवाल अहमद शाह
१५ दानबहादुर विश्वकर्मा
१६ निर्जला राउत
१७ सुनिलकुमार झा

जेलमा
रेशमलाल चौधर