९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारी बैंकमा एनसिसी बैंकको मर्जर पूरा, पुस १७ गतेदेखि एकीकृत कारोबार



अ+ अ-

काठमाडौंः नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसिसी बैंकबीच मर्जरको कार्य पूरा भएको जनाउँदै आगामी पुस १७ गते आइतबारदेखि कुमारी बैंकका नामबाट एकीकृत कारोबार गर्ने बताएको छ ।

राष्ट्र बैंकले आज प्रकाशन गरेको सूचनामा राष्ट्र बैंकको संचालक समितिको निर्णय अनुसार कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्नेगरी दुबै संस्थाबाट संचालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रुपमा यही पुस १७ गते आइतबारदेखि कुमारी बैंकको नामबाट संचालन गर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहित गरेसँगै विभिन्न बैंक र वित्तीय संस्थाहरु मर्जर भइरहेका छन् । पछिल्लो समय ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं पनि मर्ज भई एकीकृत कारोबार सुरु भइसकेको छ ।

साथै नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंकहरु पनि विभिन्न बैंकसँग मर्जरको प्रकृयामा रहेका छन् ।