९ भाद्र २०८३, मंगलवार
,
Latest
दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशान्तले आत्महत्या गरेको नभई हत्या भएको खुलासा



अ+ अ-

एजेन्सी । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको साढे दुई वर्ष भइसक्यो तर अहिलेसम्म यसको रहस्य खुल्न सकेको छैन । प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै मुद्दा बन्द गरिदिए पनि उनका फ्यानहरु उनको हत्या भएको कुरामा अडिग छन् । अब यो मामिलामा एउटा नयाँ कुरा बाहिर आएको छ ।

कूपर अस्पतालमा सुशान्तको पोस्टमार्टमका क्रममा त्यहाँ उपस्थित पोस्टमार्टमका कर्मचारीमध्ये रहेका रुपकुमार शाहले सुशान्तले आत्महत्या नगरेको, हत्या भएको दाबी गरेका छन् । सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको घाँटी र शरीरका केही भागमा चोटको निशान रहेको उनले बताए । ‘म यसबारे मेरा वरिष्ठहरूसँग कुरा गर्न चाहन्थे, तर उनीहरूले मलाई पछि छलफल गर्न भने ।’

यो दाबी चकित पार्ने छ किनभने सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर मृत्युको कारण निसास्सिएर भएको उल्लेख गरिएको थियो । सुशान्तको पोस्टमार्टमको भिडियो रेकर्डिङलाई पनि अनुमति दिइएको थिएन, त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन ।

रुपकुमार शाहले पीकेबीन्यूज मराठीसँग कुरा गर्दै गम्भीर कुरा भनेका छन् । उनले भने, ‘सुशान्त सिंह राजपुतको मृत्यु हुँदा हामीले कुपर अस्पतालमा पाँचवटा शव प्राप्त गरेका थियौँ । हामीलाई भनियो कि शव मध्ये एक भीआईपी को हो। पोष्टमार्टम गर्न गएपछि थाहा भयो यो शव सुशान्त सिंह राजपूतको हो ।’

उनले थपे – हामीले सुशान्तको शरीरमा धेरै चोटका निशानहरू देखेका थियौँ । घाँटीमा दुई–तीन चोटको निशान पनि देखिन्छ । पोष्टमार्टमको रेकर्डिङ हुनुपथ्र्यो, तर माथिल्लो अधिकारीले फोटो खिच्ने मात्र अनुमति दिएकाले हामीले पनि आदेश पालना गर्यौं ।’

सुशान्त सिंह राजपूत १४ जुन, २०२० मा बान्द्रा स्थित उनको घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । पहिलो नजरमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।