२४ असार २०८३, बुधबार
,
Latest
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिनु भएको छ ।

महासंघले प्रधानमन्त्रीलाई मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकारी गराएको थियो । महासंघबाट मुलुकको पछिल्लो अबस्थाका बारेमा जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय गरेको जानकारी गराउनु भयो ।

उहाँले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताउनु भयो ।