९ माघ २०८१, बुधबार
,
Latest
राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार सहभागी हुने रास्वपा खेलकुद बिभाग द्वारा खेलाडी सम्मान देउवा भन्छन्- एमसीसीको विरोध गर्नेहरुले यो ऋण होइन अनुदान रहेछ भन्ने कुरा बल्ल बुझे सीआईबीको प्रहरी भन्दै करोड बढी ठगी गर्ने युवक पक्राउ रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई रवि लामिछानेको बयान सकियो सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सार्वजनिक लेखा समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूर मुद्दाका फरार ४ जना प्रतिवादीहरू पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकाश ज्योती, भक्तपुर सूर्यबिनायक नगरपालिका–१० बस्ने ३५ वर्षीय राम सुन्दर कार्की, गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरू रहेका छन् ।

उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकाशलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलालाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार रुपैयाँ जरिवाना, विकाशलाई १५ दिन कैद र ४२ लाख रूपैयाँ जरिवाना, राम सुन्दरलाई ४ दिन कैद र १५ लाख ९२ हजार ८ सय ९० रुपैयाँ जरिवाना र नवराजलाई १० दिन कैद र २९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धि जिल्ला अदालतमा पेश गरिएको छ ।