६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको लागि महँगो र भड्किला सामान नकिन्न प्रधानमन्त्री दाहालको निर्देशन



अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको लागि आवश्यक पर्ने सामानहरु खरिदमा मितव्ययिता अपनाउन निर्देशन दिनुभएको छ ।

आइतबार नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

बालुवाटार प्रवेश गर्नुअघि प्रधानमन्त्री दाहालले बालुवाटारमा महँगो र भड्किला सामान नकिन्न आफ्नो सचिवालयलाई निर्देशन दिनुभएको हो ।

व्यवस्था बदलेको तर, अवस्था बदल्नको लागि आफू प्रधानमन्त्री हुनुपर्ने बताउँदै आउनुभएका प्रचण्डले महँगो र भड्किला सामान नकिन्न निर्देशन दिनुभएको हो । यसअघि प्रधानमन्त्री बन्दा महँगो खाट किनेको भन्दै प्रचण्डको आलोचना हुने गरेको थियो ।