२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुहुने भएको छ ।

आज अपराह्न ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि लामिछानेले शपथ लिनुहुनेछ ।

लामिछानेले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजै भएको सत्ता गठबन्धनको बैठकमा उपप्रधानसहित गृह मन्त्रालय पाउनुपर्ने दाबी गर्नुभएको थियो । उहाँले उपप्रधानमन्त्री बन्ने निश्चित भए पनि कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको थिएन ।

प्रतिनिधिसभामा २० सिट हासिल गरेको रास्वपा प्रतिनिधिसभामा चौथो ठूलो दल हो भने सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी तेस्रो ठूलो दल हो ।




भर्खरै