२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी जिम्मेवार प्रतिपक्षमा बस्छौँः सुवास नेम्वाङ



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले एमाले जिम्मेवार प्रतिपिक्षमा बस्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई ज्ञापन गर्ने क्रममा यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "हामी एउटा प्रतिपक्षमा छौं । हामीले पहिलो दिनमै भनेका छौं, एक मिनेट ढिलो नगरीकन हामी जिम्मेवार प्रतिपक्षको रुपमा भूमिका खेल्छौं । हामी कतिसम्म जिम्मेवार हुन्छौं साथीहरुले पनि बोलिसक्नुभो । होइन भने कसबाट सिकेको हो कुन्नी, त्यसरी सिक्ने हो भने पहिलो दिननै हामीले हाउस अवरुद्ध गर्नुपथ्र्यो ।" उहाँले अगाडी भन्नुभयो, "अध्यादेश पेश भयो, साथीभाईहरुले अवरुद्ध गर्नुभएको थियो । तर हामी जिम्मेवार प्रतिपक्ष भएका नाताले संसदले पहिलो दिन नै अध्यादेशको जानकारी पाउनु उसको अधिकार हो, सांसदको अधिकार हो । हामीले त्यसलाई जिम्मेवारपूर्वक ग्रहण गर्यों ।"