२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसला ठिक छैनः सुवास नेम्वाङ



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले प्रतिनिधिसभा बिघटनलाई बदर गर्दै कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशलाई गलत ठहर गर्नुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई ज्ञापन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "सभामुख महोदय, एउटा दलबाट निर्वाचित भएर आएका सांसदहरु सभामुख महोदयको दाहिने र देब्रेपट्टि बराबरी बस्न सक्ने अवस्था हुन्छ कि हुँदैन । त्यसरी दुई ठाउँमा बस्ने स्थिती भयो भने त्यो अप्ठ्यारो स्थिती होकी होइन, लगायतका प्रसंगहरु अहिलेको फैसलाबाट उठेको छ । यसलाई म धेरै व्याख्या गर्दिनँ । खाली यति भन्छु, यस्ता महत्वपूर्ण कुराहरु गम्भीर विषयहरु हुन्, त्यसतर्फ म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।"