२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन



अ+ अ-

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । 

नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । उक्त संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने काम गर्ने भएको छ । 

नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह नियुक्ती भएका छन् । उहाँ यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । 
प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन हुनुभएको छ भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । 

स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन हुनुभएको छ भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त हुनुभएको छ । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहनु भएको छ भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल हुनुहुन्छ । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।