२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिलिज अघि नै ‘पठान’ले कमायो १०० करोड



अ+ अ-

एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुँदैछ । यसैबीच फिल्मले रिलिज हुनुअघि नै करिब १०० करोड कमाई गरेको छ । फिल्मको ओटीटी राइट्स रिलिज हुनुअघि नै करिब १०० करोडमा बिक्री भएको हो ।

रिपोर्टका अनुसार अमेजन प्राइमले महँगो मूल्यमा फिल्मको ओटीटी अधिकार किनेको छ । चलचित्र मार्चको अन्त्यमा वा अप्रिलको सुरुमा ओटीटीमा स्ट्रिम हुन सक्छ ।

पठान रिलिज हुनुअघि नै धेरै विवादमा परेको छ । फिल्मको ‘बेशरम रंग’ गीतलाई लिएर चर्को विवाद भएको छ ।

शाहरुख खान पठानलाई लिएर करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । उनका फ्यानहरुले यो फिल्मबाट धेरै अपेक्षा गरेका छन् । शाहरुख यसअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए ।

यी चार वर्षमा शाहरुख धेरै फिल्ममा क्यामियो गर्दै देखिएका छन् तर मुख्य भूमिकामा उनी पठानबाटै कमब्याक गर्न लागेका हुन् । उनले आफ्नो यो फिल्मका लागि निकै मेहनत गरेका छन् ।

फिल्मको बजेट पनि करिब २५० करोड रहेको बताइएको छ । अब मिडियामा आएको खबर अनुसार फिल्मले रिलिज हुनुअघि नै राम्रो कमाई गरेको छ ।

फिल्मको मिडिया अधिकार करिब १०० करोडमा बिक्रि भइसकेकाले यो हिसाबले फिल्मले आधा बजेट निकालिसकेको छ । सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।