९ भाद्र २०८३, मंगलवार
,
Latest
दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिलिज अघि नै ‘पठान’ले कमायो १०० करोड



अ+ अ-

एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुँदैछ । यसैबीच फिल्मले रिलिज हुनुअघि नै करिब १०० करोड कमाई गरेको छ । फिल्मको ओटीटी राइट्स रिलिज हुनुअघि नै करिब १०० करोडमा बिक्री भएको हो ।

रिपोर्टका अनुसार अमेजन प्राइमले महँगो मूल्यमा फिल्मको ओटीटी अधिकार किनेको छ । चलचित्र मार्चको अन्त्यमा वा अप्रिलको सुरुमा ओटीटीमा स्ट्रिम हुन सक्छ ।

पठान रिलिज हुनुअघि नै धेरै विवादमा परेको छ । फिल्मको ‘बेशरम रंग’ गीतलाई लिएर चर्को विवाद भएको छ ।

शाहरुख खान पठानलाई लिएर करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । उनका फ्यानहरुले यो फिल्मबाट धेरै अपेक्षा गरेका छन् । शाहरुख यसअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए ।

यी चार वर्षमा शाहरुख धेरै फिल्ममा क्यामियो गर्दै देखिएका छन् तर मुख्य भूमिकामा उनी पठानबाटै कमब्याक गर्न लागेका हुन् । उनले आफ्नो यो फिल्मका लागि निकै मेहनत गरेका छन् ।

फिल्मको बजेट पनि करिब २५० करोड रहेको बताइएको छ । अब मिडियामा आएको खबर अनुसार फिल्मले रिलिज हुनुअघि नै राम्रो कमाई गरेको छ ।

फिल्मको मिडिया अधिकार करिब १०० करोडमा बिक्रि भइसकेकाले यो हिसाबले फिल्मले आधा बजेट निकालिसकेको छ । सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।