२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोक्यो २०२०ः के जापानले ओलिम्पिक्सलाई ‘सुपर स्प्रेडर’ बन्नबाट रोक्न सक्छ ?



अ+ अ-

काठमाडौं । टोक्यो ओलिम्पिक्स सुरु हुने दिनसम्म कोभिड-१९ बाट सङ्क्रमित हुने खेलाडी र कर्मचारीको सङ्ख्या बढ्न थालेको छ।

यसले उक्त प्रतियोगितामा छिटपुट सङ्क्रमण मात्रै नभई व्यापक रूपमा सङ्क्रमण हुनसक्ने वा प्रतियोगिता सुपर स्प्रेडर हुनसक्ने त्रास बढाएको छ।

विश्वव्यापी महामारीबीच ओलिम्पिक्स आयोजना गर्नुको खतरा बुझेको कोही व्यक्ति छ भने ती डा। टेरा कर्क सेल हुन्।

उनले सन् २००४ मा एथेन्समा भएको प्रतियोगितामा अमेरिकाका लागि रजत पदक जितेकी थिइन्।

पौडीमा पदक जितेकी उनी पछि प्रसिद्ध जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीमा वरिष्ठ पदमा काम गर्न पुगिन्।

ओलिम्पिक्स खेलाडी र सङ्क्रामक रोग विज्ञ भएका हिसाबले जापानका निकायहरूले कसरी खेलाडी र स्थानीयहरूलाई सुरक्षित राख्ने योजना बनाएको छ भनेर उनले बीबीसीलाई बताएकी छन्।

प्रतियोगिता स्थलसम्म यात्रा

'ओलिम्पिक्समा यात्रा गर्ने विषय एउटा अद्‌भुत अनुभूति थियो। टोलीमा परेपछि तपाईँले तालिम केन्द्रबाट सुरु गर्नुहुन्छ अनि सबै कुरा निकै छिटो-छिटो हुन्छ,' डा. सेलले भनिन्।

'जब म यसबारे सोच्छु मलाई यो सपना जस्तै लाग्छ। यति धेरै कुरा भइरहेको हुन्छ कि यो तपाईँको सामान्य जीवनभन्दा निकै फरक हुन्छ।'

डा। टेरा कर्क सेलले सन् २००४ मा एथेन्समा भएको प्रतियोगितामा अमेरिकाका लागि रजत पदक जितेकी थिइन्

यस्तो अनुभूति धेरै खेलाडीहरूले गरिरहेका छन्। ब्राजिलको सहर रियोमा भएको पछिल्लो प्रतियोगितामा २०५ राष्ट्रका ११,३८४ प्रतियोगी पुगेका थिए।

यति धेरै राष्ट्रबाट मानिसहरू आउने हुँदा कोभिडको घातक भेरिअन्ट फैलन सक्ने गति बढ्न सक्ने वैज्ञानिकहरू ठान्छन्।

प्रतियोगीहरू जापान जानका लागि विमान चढ्नु अघि नै कोभिड परीक्षण गर्नुपर्ने हुन्छ। जापान पुगेपछि पनि उनीहरूको परीक्षण गरिन्छ।

केही प्रतियोगीमा जापान पुग्ने बित्तिकै वा त्यसको केही समयपछि कोभिड पोजेटिभ भएको देखिएको छ।

त्यहाँ पुगेपछि प्रतियोगीहरूले वासस्थान र विभिन्न ओलिम्पिक्स खेल हुने स्थानमा यात्रा गर्नुपर्ने हुन्छ जुन प्रक्रिया विगतमा निकै भिडभाडयुक्त र अव्यवस्थित हुने गर्थे।

तर जापानमा भने अवस्था केही भिन्न हुने छ।

खेलका लागि गरिने यातायातको व्यवस्था अलि फरक हुने छ। डा. सेलका अनुसार ूसबै जम्मा हुने ठूला आकारका बसभन्दा निजी भ्यानहरूको प्रयोग गरिने छ।'

ओलिम्पिक्स भिलेजको सुरक्षा कडा पारिने छ

टोक्योमा बस्नु नै सामान्य ओलिम्पिक्समा समय बिताउनुभन्दा निकै फरक हुन्छ।

'भिलेजमा बस्न निकै रमाइलो हुन्छ,' सेलले भनिन्।

'तपाईँले विश्वभरका मानिसहरू देख्न पाउनुहुन्छ। आफूभन्दा फरक मानसलाई चिन्ने मौका यसले दिन्छ।'

'अरू खेलाडीहरू नजिकै बस्ने, सँगै खानपान गर्ने यो त्यस्तो अनुभव हो जहाँ तपाईँ मानिसहरूबारे जान्न पाउनुहुन्छ।'

तर जापानका निकायहरू महामारीकाबीच यस्तो नहोस् भन्ने चाहन्छन्।

प्रतियोगिहरूलाई आफ्नै कोठामा खाना खान भनिएको र धेरै मानिसबीच भेटघाटलाई लाई निषेध गरिने बताइएको छ।

खाना खानका लागि 'डाइनिङ हलमा' जानेहरूले पनि बस्ने कुर्सीबीच प्लास्टिकका बार पाउने छन्।

खाना खाइसकेपछि त्यो स्थान सफा गर्न 'अल्कोहोल वाइप्सु राखिएको पाउने छन्।

त्यसबाहेक मदिरा बिक्रीमा राखिने छैन भने सामाजिक दूरीको नियमका कारण प्रतियोगिहरूबीच हिमचिमको सम्भावना रहँदैन।

'उनीहरू त्यहाँ मुख्य रूपमा प्रतिस्पर्धा गर्न, आफ्नो देशको प्रतिनिधित्व गर्न पुग्ने छन्। र निश्चय पनि हामीले त्यो कुरा बिर्सनु हुँदैन।'

'प्रतियोगिता स्थलमा हिँड्नु र हौसला बढाइरहेका समर्थकहरूबीच रहनु ठूलो क्षण हो,'सेलले भनिन्।

प्रतियोगिता आयोजना गर्ने सहरमा सामान्यतया १० लाखभन्दा बढी पर्यटकहरू खेल हेर्नका लागि यात्रा गर्छन्।

'यो ओलिम्पिक्स भने फरक हुने छ किनभने त्यहाँ प्रशंसकहरूलाई जान दिइने छैन,' सेलले भनिन्।

'त्यहाँ प्रतियोगी, कर्मचारी र सञ्चारमाध्यमका केही सदस्यहरू मात्रै उपस्थित रहने छन्।'

कोभिड फैलने सम्भावना कम गर्न अधिकारीहरूले पहिले विदेशबाट आउने प्रशंसकहरूमाथि प्रतिबन्ध लगाएका थिए जुन पछि गएर स्थानीय समर्थकहरूका लागि पनि लागु गरियो।

प्रतियोगितामा निकै धेरै कोभिड परीक्षण गरिने छ

धेरै मानिसहरूलाई एक ठाउँमा उभ्याउने ओलिम्पिक्स जस्तो कार्यक्रमहरूले जापानमा ल्याउने जोखिमका बाबजुद यो प्रतियोगिता सुपर स्प्रेडर कार्यक्रम बन्नबाट जोगिने विषयमा सेल आशावादी छन्।

'यो कति सफल भयो भन्ने हेर्न यथार्थमा यसको कति राम्रोसँग कार्यान्वयन गरियो भन्ने हेर्नुपर्ने हुन्छ,' उनले भनिन्।

धेरै प्रतियोगीहरूमा कोभिड पुष्टि भएको भए पनि प्रणालीले नै काम गरेन भनेर भन्न नमिल्ने उनी बताउँछिन्।

'मुख्य कुरा के सङ्क्रमणलाई नियन्त्रण गर्न सकिन्छ भन्ने होरु र मलाई लाग्छ कि उनीहरूसँग यसबारे राम्रो योजना छ र हामीले यसको कार्यान्वयनले काम गर्छ वा गर्दैन हेर्नुपर्ने हुन्छ।' बीबीसी