१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६६ सांसदको दावीसहित ओली र प्रचण्ड दुवै राष्ट्रपति कार्यालय जाँदै



अ+ अ-

काठमाडौँ । नयाँ सरकार गठनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै राष्ट्रपति कार्यालय शीतल निवास जाँदै हुनुहुन्छ ।

आज अपराह्न ओली निवास बालकोटमा भएको छ दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । उहाँलाई गठबन्धनबाट १६६ सांसदको समर्थन रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहितको सरकार गठन गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा तोक्नुभएकाले समयभित्रै सरकार गठनको दावी गर्दै दुवै अध्यक्ष ओली र प्रचण्ड शीतल निवास जान लाग्नुभएको हो ।