२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजिता भण्डारी मृत्यु प्रकरणमा एकजना पक्राउ



अ+ अ-

चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले  बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती९३ की सुजिताको ठुलबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । 

उनी नाताले दाजु पर्छन् । झापाको झापा  गाउँपालिका( ६ शरणमतिका २३ वर्षीय  सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुल्नमा आएको छ । शुकदेव भण्डारी काठमाडौंबाट पक्राउ परेका हुन् । 

उनी आफ्नै ठुलबाबाको छोरा हुन् । उनीहरु विदेशमै पुगेर विहे गर्ने सोचमा समेत रहेको खुल्नमा आएको छ । 

उनी बिहिबार पक्राउ परेका हुन् । असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुइमा विवाद सृजना भएको थियो । असार ११ गते वेपत्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने बताइएको छ ।