३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

झाँक्री नाचका लागि प्रसिद्ध बागलुङको चामीद्वार

झाँक्री नाचका लागि प्रसिद्ध बागलुङको चामीद्वार
फाईल फोटो
अ+ अ-

गण्डकी । मेलापर्व र सांस्कृतिक अनुष्ठानमा आकलझुकल देखाइने झाँक्री नाच खासमा के हो त ? योबारे जान्न पहिला नाच धानिरहेको गाउँसम्म पुगौँ । चामीद्वार, बागलुङको एउटा सुदूर गाउँ हो । ढोरपाटन–६ स्थित त्यस गाउँ झाँक्री नाचका लागि प्रसिद्ध छ ।

बलबहादुर विक चामीद्वारका रैथाने हुनुहुन्छ । उहाँ १३ वर्षको उमेरदेखि नै झाँक्री संस्कृतिसँग जोडिनुभयो । अहिले उहाँ ४० वर्षको हुनुहुन्छ । “झाँक्री नाच त हाम्रो रगतवंशबाट आएको परम्परा हो”, विकले भन्नुभयो, “धेरैतिर यो लोप भइसक्यो, हामीले जेनतेन जोगाएका छौँ ।”

विकको भनाइमा पहिले झाँक्री परम्परालाई बढीजसो रुढी मान्यतासँग जोड्ने गरिए पनि पछि त्यो नाच र संस्कृतिका रुपमा चिनिँदै गएको छ । उहाँले नाच देखाउनकै लागि आफूहरु पोखरालगायत ठूला सहर र गाउँठाउँसम्म पुग्ने गरेको सुनाउनुभयो । “आफ्नो संस्कृति लिएर जाँदा कतै पुरस्कार मिल्छ, कतै पैसा दिन्छन्”, विकले भन्नुभयो, “मेला, महोत्सव हुँदा परम्परात नाचका रुपमा यसलाई स्थान दिइन्छ ।” जिल्लाको पहिचान दिलाउने मौलिक संस्कृतिका रुपमा झाँक्री नाचलाई बाहिरी जिल्लामा पनि प्रदर्शनीका लागि लाने गरिएको छ ।

नाचमा झाँक्री (कलाकार) को पहिरन र साजसज्जाले नै उक्त नाचप्रति सुरुमै जो कोही जिज्ञासु बनिहाल्छन् । अनौठा वस्तु र सामग्री जडित वेषभूषामा सजिएर कलाकार नाचमा प्रस्तुत हुन्छन् । शिरमा सेतो धरो गुथ्ने, दौरासुरुवाल लगाउने, रुद्राक्ष, रिठा र कौराको माला पहिरने झाँक्री त्यतिमै मात्र सीमित हुँदैनन् ।

विकका अनुसार शिरमा गुथेको धरोमा डाँफे, मुनाल र कालिजको प्वाँख राखिन्छ । कोखनेर बँदेलको दारा र कम्मरमा रातेको छाला हुन्छ । गाईबस्तुलाई लगाइदिने जस्तो घण्ट (घाँडो) को माला नै बनाएर गलामा लगाउने गरिन्छ । झाँक्रीले बजाउने ढ्याङ्ग्रो पनि विशेष प्रकारले बनाइएको हुन्छ ।

खर्सुङको काठ र घोरलको छालाबाट ढ्याङ्ग्रो तयार हुन्छ । ढ्याङ्ग्रो बजाउने गजा बजरदन्तीको हुन्छ । चमेली गुराँसको हाँगाबाट हातमा बाला बनाएर लगाइन्छ । जसलाई भोल्टो भनिन्छ । जीवजन्तुको छाला, दारा र प्वाँख ल्याउन कसरी सम्भव हुन्छ त रु विकले भन्नुभयो, “वन्यजन्तु मार्न पाइँदैन, लेक, बुकीतिर मरेका जन्तु भेटिन्छन् त्यहीँबाट ल्याउँछौँ, डाँफे, मुनालले पनि बेलाबेला प्वाँख फेर्ने गर्छन्, त्यो खोजेर ल्याउने हो ।”

पितापुर्खाका पालादेखि नै झाँक्री बस्ने, नाच्ने चलन रहेको चामीद्वारका स्थानीय तुलसी विकले बताउनुभयो । “गाउँको पुरानो संस्कृति हो, नाच लिएर झाँक्री धेरै ठाउँमा पुग्नुहुन्छ, सबैले विश्वास गरेर बोलाउँछन्”, उहाँले भन्नुभयो, “पहिलपहिले अरु समुदायमा पनि प्रचलित थियो, अहिले दलित समुदायले यसलाई जोगाएको छ ।”

धामीझाँक्रीको परम्परासँग जोडिए पनि अहिले गाउँठाउँको पहिचान र संस्कृतिका रुपमा झाँक्री नाचले ठाउँ लिएको स्थानीयवासी बताउँछन् । अन्धविश्वासमा परेर धामीझाँक्रीकहाँ झारफुक गर्न जाने, विमार निको हुन्छ भन्ने रुढी सोच भने हट्दै गएको वडाध्यक्ष उमेशकुमार बुढामगरले बताउनुभयो ।

“झाँक्री नाच पुस्तौँदेखिको संस्कृति हो, पहिलेपहिले वर्षा नहुँदा, प्राकृतिक विपत्ति पर्दा पनि यो नाच देखाउने, गाउँगाउँ डुल्ने चलन थियो”, उहाँले भन्नुभयो, “अहिले भने त्यस्तो छैन, तर मौलिक नाच र कलाका रुपमा देखाउने गरिन्छ, झाँक्रीको विधि जान्ने पनि धेरै कम छन् ।”

वडाध्यक्ष बुढामगरले पहिले मगर समुदायमा पनि झाँक्री संस्कृति चल्तीमा रहे पनि पछि दलित समुदायमा खुम्चँदै गएको बताउनुभयो । “खडेरीप¥यो भने बराह पूजा, पानीको पूजा गर्ने परम्परा थियो, त्यहीँबेला झाँक्री बस्ने, नाच्ने हुन्थ्यो, म पनि कतिपटक सहभागी भएको छु”, उहाँले विगत सम्झनुभयो ।

वडाध्यक्ष बुढामगरले हुँदाहुँदा अहिले त दलका चुनावीसभामा पनि झाँक्री नाच आकर्षण बन्ने गरेको सुनाउनुभयो । बराह रिसाएर पानी नपर्दा उनलाई खुसी पार्न झाँक्री नाच गर्ने चलन अहिले हराएको उहाँको भनाइ छ । “पानीका मुहान, देवीदेउताका मठमन्दिरमा पूजाआजा गर्ने, झाँक बस्ने गर्थे”, उहाँले भन्नुभयो ।

“ग्रहदशा काट्ने, हेराउने, कुलपितृ बेलाउने, तन्त्रमन्त्र गराउने र आधुुनिक औषधोपचारले रोग निको नहुँदा धामीझाँक्रीकहाँ पुग्ने प्रवृत्ति भने अझै पनि रहेको छ”, वडाध्यक्ष बुढामगरले भन्नुभयो । झाँक्री ९कलाकार० का अगुवा विकले रोगबिमारसँग आफूहरु लड्न नसक्ने बताउनुभयो । “बिरामीलाई अल्झाएर राख्दैनौँ, अस्पताल जान भन्छौँ, कतैबाट पनि निको नभएर आउनुहुन्छ, त्यस्तो बेला हाम्रो विधिबाट गर्ने प्रयास गर्छौं”, उहाँले भन्नुभयो, “झाँक बस्दा तान्त्रिक विधि हुन्छ, बजाउने, नाच्नेको पनि आफ्नै प्रक्रिया हुन्छ ।”

विकले बाउबाजेले चलाएको संस्कृति भएकाले आपूmहरु त्यसको संरक्षणमा लागेको बताउनुभयो । “यो त पेसा जस्तो पनि हो, संस्कृति पनि हो”, उहाँले भन्नुभयो, “झाँक्री संस्कृति धान्न मैले नै ११ जना चेला तयार पारेको छु, मसँगै नाचमा हिँड्ने पनि धेरैजना हुनुहुन्छ ।” झाँक्री नाच समूहमा देखाउने गरिन्छ । मेलापर्वमा मात्र सीमित नभएर पितृ उद्धार, कुलपूजा, प्रकृति पूजा आदिमा पनि झाँक्री बस्ने, नाच देखाउने परम्परा छ । ढोरपाटनमा बढी चल्तीमा रहे पनि छिमेकी निसीखोला, तमानखोला गाउँपालिकालगायत ठाउँमा पनि झाँक्री नाच प्रचलित छ । रासस