२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको बगरबाट अवैध हतियार सहित एकजना पक्राउ



अ+ अ-

कास्की । पोखराको बगर क्याम्पस गेट अगाडीबाट अवैध हतियार सहित एकजना पक्राउ परेका छन्।

बुधबार राति करिब १० बजेको समयमा बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी कारमा लुकाई राखेको अवस्थामा दुई नाले बन्दुकसहित प्रहरीले पोखरा -१६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई पक्राउ गरेको हो । 

प्रहरीको टोलीले क्याम्पस गेट अगाडी सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङले चलाएर ल्याएको ग २ च ४३७४ नंवरको कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियारसहित नगद १६ हजार र मोवाइल वरामद गरेको हो ।

पक्राउ परेका गुरुङमाथि जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा चार दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको छ । 




भर्खरै