३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको संघीय राजधानीमा संकटकाल घोषणा



अ+ अ-

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो । 

प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो ।

राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो । (रासस-एपी)