२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको ओलीप्रति आक्रोशः ‘आज सुध्रेलान कि भन्यो उस्तै छ, भोलि पनि उस्तै छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै पार्टी एकतामा असर पर्ला भनेर आफूले ध्यान दिएपनि ओलीले आफूलाई महाराजधिराज नै ठानेको बताउनुभएको छ । 

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो प्रतिक्रिया दिनुभएको हो । 

उहाँले अध्यक्ष आफ्नो समूहलाई आममाफी दिने भनेर गरेको घोषणाबारे टीप्पणी गर्दै भन्नुभयो,  ‘स्पष्टीकरण लिएको गल्ती भयो । फिर्ता लिएका छौं भनेको भए के हुन्थ्यो । उचाइ घट्थ्यो ? आज सुध्रेलान कि भन्यो उस्तै छ, भोलि पनि उस्तै छ ।’ 

उहाँ अगाडी भन्नुहुन्छ, ‘म भने पार्टी एकतामा असर पर्ला भनेर हरेक शब्द शब्दमा ध्यान दिएर बोलेको छु । कतै चिप्लिहाल्ला कि भन्नेमा कत्रो ध्यान दिएर बोलेको छु । साथीहरूको दबाब पनि उस्तै छ, हिजो म भक्तपुर गएको थिएँ । एक हजार सदस्य भएको पिपुल्स भोलेन्टियर घोषणा गरे र भने माधव नेपालको घर वरिपरि गएर बाँदर जुलुस निकाल्ने बाँदरे प्रवृत्ति चाहिँ नदेखाउनू ।’