२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डाँडा बजार’ गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चित्र याख्खाको संगीत तथा देवेन्द्र लिम्बू, डीवी लिम्बू, सुनिता सन्याक लिम्बू र हिमानी फेवन लिम्बूको आवाज रहेको ‘डाँडा बजार’ गीतको भिडियो सार्वजनिक भएको छ ।

चारखोला सिशिर (सिशिर लिंदेन)को शब्द रहेको ‘डाँडा बजार’लाई राम कार्कीले एरेञ्ज गरेका हुन् । गीतलाई म्युजिक मिडिया–धरानको स्टुडियोमा रेकर्ड गरिएको हो । 

निर्माता एवं निर्देशक देउकृष्ण देवानको निर्देशनमा तयार गरिएको गीतको भिडियोमा रेखा लिम्बू, देवेन्द्र लिम्बू, युमन लिम्बू, सुनिता सन्याक लिम्बू फिचर्ड छन् । पूर्वेली लोक भाका दोहोरी गीतको सार्वजनिक भिडियोमा आधुनिक देवान (भूमिराज) र पद्मा माया लिम्बू (सीता राई)को पनि अभिनय रहेको छ ।

सुमन तामाङको छायाङ्कन रहेको गीतको भिडियोलाई बिकास दाहालले कलरिङ र सम्पादन गरेका हुन् । ‘तारेभीर’ फेम निर्माता देउकृष्ण देवानले पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि आफूलाई अब्बल सावित गरिसकेका छन् ।

निर्माता–निर्देशक देउकृष्ण देवान करिब दर्जन बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । कोरियोग्राफर समेत रहेका देउकृष्ण देवान आगामी दिनहरुमा पनि दर्शक/श्रोतामाझ उत्कृष्ट म्युजिक भिडियोहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।